राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड सहयोग

काठमाडाैं | असोज १५, २०८१

राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड सहयोग

काठमाडौं:   राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग  गरेको छ ।

    
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । 


प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताउनुभयो । 


बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताउनुभएको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा रु एक अर्ब दाखिला गर्ने निर्णय गरेको थियो ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्